site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा आज दिनभर वर्षा हुने हो ?
फाइल तस्बिर

काठमाडौं । काठमाडौंमा आज बिहानैबाट वर्षा भइरहेको छ । काठमाडौंका अधिकांश भू–भागमा बिहानैबाट वर्षा भइरहेको हो । 

“काठमाडौंमा बिहानैबाट वर्षा भइरहेको छ । वर्षा करिब १० बजेसम्म हुनेछ,” मौसमविद् समिर श्रेष्ठ भन्छन्, “१० बजेपछि पानी पर्न रोकिए पनि मौसम बदली भइरहन्छ ।” 

Argakhachi Cement Island Ad

आज दिनभर मौसम बदली हुने उनको भनाइ छ । दिउँसो पनि पानी पर्ने उनले जानकारी दिए । यद्यपि, दिनभर वर्षा भने नहुने उनको भनाइ छ । 

आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज राति वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मकवानपुर र कास्कीमा भारी वर्षा, तटीय क्षेत्रमा बस्नेलाई सतर्क रहन आग्रह

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्