site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभामा आइतबारदेखि बजेटबारे मन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा उठेका प्रश्नमाथि आइतबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम सुरु हुने भएको छ ।

आगामी आइतबार बिहान १० बजे बस्ने बैठकमा विनियोजन विधेयकअन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुने छ । सोही दिन गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद, सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्रीले मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

Argakhachi Cement Island Ad

विनियोजन विधेयक २०८० अन्तर्गत आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफल सकिएको छ ।

आजको बैठकमा समयमा आयोजना सम्पन्न नहुँदा लागत खर्च बढेको, सांसद्ले सम्बन्धित मन्त्रीलाई टिपाएका योजना पनि समावेश नभएको, नेपाल प्रहरी र सशस्त्र प्रहरीको जवानको रासनमा पर्याप्त सुविधा नदिइएको, प्रतिपक्षका आवाजलाई सुनुवाइ नगरिएको आवाज उठाइएको थियो । रासस

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  २३:३१
प्रतिक्रिया दिनुहोस्