site stats
बाह्रखरी :: Baahrakhari
देश
झापा, नवलपरासी, रूपन्देही, पाल्पा र कैलालीमा भारी वर्षा

काठमाडौं । झापा तथा आसपासका क्षेत्रमा आज बिहान भारी वर्षा भएको छ । झापाको केचनालगायत नेपाल भारत सीमा आसपासका क्षेत्रमा भारी वर्षा भएको नेपाल फ्ल्ड अलर्टले जनाएको छ । 

नवलपरासी, रूपन्देही, पाल्पा, कैलाली र आसपास केही स्थानमा पनि भारी वर्षा भएको छ । उक्त स्थान आसपास भई बहने साना नदीहरूमा आकस्मिक बाढी आउनुको साथै होचा स्थानमा डुवान हुन सक्ने नेपाल फ्ल्ड अलर्टले जनाएको छ । आउँदो ६ घण्टा सतर्क रहन आग्रहसमेत गरिएको छ । 
 
तिनाउ नदी तटिय क्षेत्रमा विशेष सतर्कता अपनाउन पनि नेपाल फ्ल्ड अलर्टको आग्रह छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  ०५:४५
प्रतिक्रिया दिनुहोस्