site stats
बाह्रखरी :: Baahrakhari
खेल
साफ च्याम्पियनसिपमा भुटानविरुद्ध माल्दिभ्सको जित

काठमाडौं । साफ च्याम्पियनसिपमा भुटानविरुद्ध २–० को जित निकाल्दै माल्दिभ्सले सुखद सुरुआत गरेको छ ।

बिहीबार भारतको बेंग्लुरुस्थित श्री कान्तिराभा रंगशालामा सम्पन्न खेलमा माल्दिभ्सको जितमा हम्जा मोहम्मद र नाइज हसनले एक–एक गोल गरे ।

खेलको छैटौँ मिनेटमा हम्जा मोहम्मदले गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए । यस्तै, खेलको अन्तिम मिनेटमा हसनले गोल गर्दै माल्दिभ्सको अग्रता दोब्बर पारेका थिए । यसपछि दुवै टिमबाट गोल हुन नसक्दा माल्दिभ्सले जितसहित प्रतियोगिताको सुरुआत गर्‍यो ।

खेलको इन्जुरी समयमा हसन रैफ अहमेदले रातो कार्डको दर्शन गरेपछि माल्दिभ्स १० खेलाडीमा समेटिएको थियो ।

च्याम्पियनसिपमा योपटक दुई आमन्त्रितसहित आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा सात टिम रहे पनि योपटक फिफाको प्रतिबन्धका कारण श्रीलंका प्रतियोगितामा सहभागिताको अवसरबाट वञ्चित छ ।

सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै प्रतियोगिताको सर्वाधिक सफल तथा साविक विजेता भारत, पाकिस्तान र कुवेत छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  २२:४४
प्रतिक्रिया दिनुहोस्