site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारको स्पष्टीकरण– देउवा राजनीतिक उपचार खोज्न सिंगापुर गएका होइनन्
फाइल तस्बिर ।

काठमाडौं । सरकारले कांग्रेस सभापति शेरबहादुर देउवा राजनीतिक उपचार खोज्न सिंगापुर नगएको स्पष्ट पारेको छ । 

बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले अहिले नेपालमा कुनै राजनीतिक समस्या नरहेकाले उपचार खोज्नुपर्ने आवश्यकता नभएको बताइन् ।

उनले कांग्रेस सभापति देउवा आफ्नो उपचारका लागि सिंगापुर गएको बताइन् । 

सञ्चारकर्मीले 'देउवा स्वास्थ्य उपचार भन्दा पनि राजनीतिक उपचार खोज्न सिंगापुर गएको चर्चा छ नि ?' भनेर उनलाई प्रश्न गरेका थिए ।

“राजनीति उपचारभन्दा पनि राजनीति बिरामी भएको छैन उपचार गर्नुपर्ने पनि छैन । उहाँ स्वास्थ्य उपचार गर्न नै जानुभएको हो,” शर्माले भनिन् ।
 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्