site stats
बाह्रखरी :: Baahrakhari
कला
सिनेमा हल व्यवसायीद्वारा मेयर बालेनविरुद्ध मुद्दा दायर 
फाइल तस्बिर

काठमाडौं । सिनेमा हल व्यवसायीले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । उनीहरूले आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन् । 

“हिन्दी सिनेमा काठमाडौंमा प्रदर्शन गर्न रोक लगाउने काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाह र काठमाडौं महानगरलाई विपक्षी बनाउँदै हामीले आज मुद्दा दर्ता गरेका छौँ,” प्रज्ज्वल शमशेर राणाले बाह्रखरीसँग भने, “आज पेसी चढेन । चाँडै पेसी चढ्ने र फैसला आउने हाम्रो अपेक्षा छ ।”  

काठमाडौं महानगरपालिकाका मेयर बालेनले सोमबारबाट कामपाभित्रका सिनेमा घरमा ‘आदिपुरुष’लगायत हिन्दी सिनेमा चलाउन नदिने बताएका थिए । सोही दिनबाट कामपा भित्रका सिनेमा घरमा हिन्दी सिनेमा रिलिज भएका छैनन् । ‘आदिपुरुष’ भने वितरकले देशभरका हलबाट उतारिसकेका छन् । 

बालेनविरुद्ध अदालत जाँदै सिनेमा हल व्यवसायी

संघीय सरकारले हिन्दी सिनेमा ‘आदिपुरुष’ सेन्सर गरेर चलाउन अनुमति दिएको अवस्थामा स्थानीय सरकारले रोक्न नमिल्ने भन्दै सिनेमा घर सञ्चालकहरूले बताउँदै आएका छन् । 

सिनेमा चलाउन दिने अधिकार संघ सरकारको हो कि स्थानीय सरकारको हो भन्दै उनीहरूले प्रश्न उठाएका छन् ।  ‘आदिपुरुष’मा जानकी भारतकी छाेरी हुन् भन्ने आसयकाे संवाद राखेकाे भन्दै बालेनले उक्त संवाद हटाउन तीन दिनको अल्टिमेटम दिएका थिए । तर, सो समयभित्र संवाद नहटाएको भन्दै बालेनले कामपाभित्रका हलमा सोमबारबाट ‘आदिपुरुष’सहित हिन्दी सिनेमा चलाउन रोक लगाएका थिए । 

‘आदिपुरुष’को विवाद र आलोचना : बालेनलाई चिठी आएको हो ?

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्