site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसी सरकारले बाढीपहिरोबाट मृत्यु हुनेको परिवारलाई एक लाख र घाइतेलाई ५० हजार दिने

विराटनगर । कोसी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशमा हालै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको परिवारलाई  एक लाख र घाइतेलाई उपचारका ५० हजार राहतस्वरूप दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए।

त्यसैगरी, बैठकले कोसी प्रदेश पुनःनामकरण संघर्ष समितिसँग भएको वार्ता समितिको प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  २१:५२
प्रतिक्रिया दिनुहोस्