site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माधव नेपालले उपेन्द्र यादवलाई 'कमरेड' भनेपछि...

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई 'कमरेड' भनेर सम्बोधन गरेका छन् ।

सोमबार राष्ट्रिय सभा गृहमा आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले सम्बोधनको कम्रमा उपेन्द्र यादवलाई 'कमरेड' भनेपछि फ्लोरबाट हुटिङ लागेको थियो ।

त्यसपछि उनले यादव 'कमरेड' नै भएको बताए । 

“उहाँ कमरेड नै हो । हामी सँगसँगै एउटै पार्टीमा रहेर  काम गर्दै आएको कमरेड नै हुनुहुन्छ,” नेपालले भने । 

उनले कार्यक्रममा 'लाल सलाम' भन्दैमा आत्तिनुनपर्ने पनि बताए ।

“लाल सलामबाट आत्तिनुपर्ने छैन । कमरेड उपेन्द्रमा पनि त्यो भावना विस्तार  जाग्दै छ,” नेपालले भने ।
 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्