site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नौ दिनपछि घट्यो नेप्से

काठमाडौं । निरन्तर नौ दिन बढेको सेयर बजारमा मापक नेप्से परिसूचक आज ०.१४ प्रतिशतले घटेको छ । सोमबार २.९४ अंकले घटेर २०९१.३९ को बिन्दुमा झरेको छ ।

आज २७६ धितोपत्रका एक करोड २९ लाख ७५ हजार १६८ कित्ता सेयर चार अर्ब ७२ करोड ६ लाख आठ हजार ८८० रुपैयाँमा किनबेच भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स भने ०.४७ प्रतिशतले बढेर ३९२.२८ बिन्दु कायम भएको छ ।

यस्तै, आज १३ वटा उपसमूहमध्ये पाँचवटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ । आठवटा उपसमूहको समूहगत सूचक भने घटेको छ ।

आज फाइनान्स उपसमूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज फाइनान्स उपसमूहको समूहगत सूचक सर्वाधिक ५.२२ प्रतिशतले बढेको छ ।

आज सेन्ट्रल फाइनान्स कम्पनी, लक्ष्मी इक्विटी फन्ड र माउन्टेन इनर्जी नेपाल लिमिटेडको सेयर मूल्य सार्वधिक १० अंकले बढेर सकारात्मक सर्किट लागेर बन्द भएको छ ।

यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेर बन्द भएको छ । 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्