site stats
बाह्रखरी :: Baahrakhari
देश
काबेली नदीको जलसतहले पार गर्‍यो सतर्कता तह 

काठमाडौं । ताप्लेजुङ र आसपासका क्षेत्रमा आज बिहान भारी वर्षा भएको छ । भारी वर्षाका कारण ताप्लेजुङको काबेली नदीको जलसतहले सतर्कता तह पार गरेको छ । 

बिहान ४ बजे जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

जल सतह बढ्दो क्रममा रहेकाले काबेली र तमोरको तटीय क्षेत्रमा रहनेहरूले दिउँसोसम्मै सतर्कता अपनाउन विभागको आग्रह छ । 
 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्