site stats
बाह्रखरी :: Baahrakhari
देश
९ हजार घुससहित कार्यवाहक वडाध्यक्ष पक्राउ

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया ९ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । 

आज कवडियासँगै कार्यालय सहयोगी गङ्गाराम बृजवासीलाई नौ हजार रकम घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो । 

कृषि अनुदानका लागि सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा घुस रकमसहित वडा कार्यालयबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

उनका अनुसार दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । रासस

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  २२:३६
प्रतिक्रिया दिनुहोस्