site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कृषि मिटरको लागि मधेस प्रदेश सरकारले छुट्यायो ४० करोड बजेट

जनकपुरधाम । मधेस प्रदेश सरकारले कृषिमा विद्युतीकरणको लागि ४० करोड बजेट छुटयाएको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले कृषि मिटरको लागि ४० करोड छुट्याएको हो ।

आगामीआर्थिक वर्षमा ‘एक टोल, एक सामूहिक कृषि उत्पादन’, ‘एक वडा, एक विशेष उत्पादन’ र ‘एक पालिका, एक उत्पादन क्षेत्र नमूना कार्यक्रम’को लागि १० करोड बजेट विनियोजन गरेको छ।

सरकारले आगामी आर्थिक वर्षमा किसान कार्ड समेत वितरण गर्ने भएको छ । मुख्यमन्त्री किसान उत्थान कार्यक्रमको लागि १५ करोड रहेको छ । 

प्रदेश सरकारले ‘हरेक खेतमा पानी, किसानको आम्दानी’ नारा पनि ल्याएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्