site stats
बाह्रखरी :: Baahrakhari
देश
सबै नागरिकलाई बिमामा समेट्नेदेखि गरिबी शून्यमा झार्नेसम्मको लक्ष्य 

काठमाडौं । सरकारले स्वास्थ्य वित्त रणनीति २०८०–९०  पास गरेको छ । 

गत जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले पास गरेको रणनीति पास गरेको हो। रणनीतिमा १० वर्षभित्र शतप्रतिशत नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा समेट्नेदेखि उपचारका क्रममा हुने गरिबी शून्यमा झार्नेसम्मका लक्ष्य समेटिएका छन् । 

सो रणनीति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ महिना अगाडि तयार पारेको थियो । रणनीतिले आगामी १० वर्षभित्रमा जनताको स्वास्थ्यमा हुने खर्चका कारण हुने गरिबीलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । यो दर अहिले १.९९ प्रतिशत छ ।  

त्यस्तै तीनै तहका बजेटमा कुल बजेटको १० प्रतिशत स्वास्थ्यमा छुट्याइने, अत्यावश्यक स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच शतप्रतिशत पुर्‍याउनेजस्ता महत्वपूर्ण लक्ष्य रणनीतिले लिएको छ । 

हेरौँ रणनीतिको पूर्णपाठ 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्