site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देश र जातिहरूलाई फुटाएर राष्ट्रको हित हुँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जातिहरूलाई फुटाएर राष्ट्रको हित नहुने बताएका छन् । 

भूमे पर्वको अवसरमा नेपाल मगर संंघद्वारा खुल्लामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

Argakhachi Cement Island Ad

प्रधानमन्त्रीले जनगणनामा भएको जातिहरू बारेका विषयमा स्पष्ट गर्ने र आवश्यक कुरा सच्याउने प्रतिबद्धता पनि व्यक्त गरे । 

उनले भने, “नेपाल बहुजाति, बहुभाषा, बहुसंस्कृति र भौगोलिक विविधता सहितको देश हो । यो हाम्रो ऐतिहासिक विरासत र नेपालको एउटा विशिष्ट राष्ट्रिय पहिचानको अभिव्यक्ति पनि हो ।”

प्रधानमन्त्रीले प्रकृतिको पुजा गर्नुको पछाडि निश्चित दर्शन र उद्देश्य अन्तर्निहित रहेको उल्लेख गर्दै मानिस पनि प्रकृतिकै एक अंग भएको बताए ।  

प्रधानमन्त्री प्रचण्डले भने, “मानिस र प्रकृतिको बीचको सम्बन्ध कसरी सुरक्षित राख्ने र कसरी संरक्षण गर्ने भन्ने उद्देश्यसहित यस्ता पर्वहरू मनाउने गरिएको हो । मगर समुदाय मात्र नभई आदिवासी जनजाति सबैले नै प्रकृतिको पूजा गर्ने संस्कार छ । प्रकृतिको पूजा एउटा समुदायमा मात्रको सीमित छैन । प्रकृतिको संरक्षण र सुरक्षा गर्ने कुरा मानव जाति कै हितसँग जोडिएको छ ।” 
 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्