site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कार्कीलाई प्रश्न– घुस नखाइ पेसी नतोकिएको उजुरी परेको छ,  यसलाई कसरी लिनुभएको छ ?

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिमा सवाल–जवाफ सुरु भएको छ । उनलाई समिति सदस्यहरूले प्रश्न गरिरहेका छन् । 

समिति सदस्य देवेन्द्र दाहालले कार्कीलाई सोधे– यति घण्टाभित्र प्रधानमन्त्री बनाउनू भनेर राष्ट्रपतिका नाममा परमादेश जारी भयो । संसद् जिउँदै थियो, संसद्ले नै प्रधानमन्त्री बनाउँथ्यो ।  यस्तो विकृत नजिरलाई कसरी सच्याउनु हुन्छ ?

उनैले अर्को प्रश्न गरेका छन्– जग्गा हडपेको, पैसा खाएको, दलीय आवरणमा वरिष्ठ दिएको, अदालमा भ्रष्टचार नरोकिएको, घुस नखाइ पेसी नतोकिएको, संवैधानिक इजलास योजनावद्ध रूपमा बस्न नदिएकोलगायत उजुरी परेको छ । यसलाई कसरी लिनुभएको छ ?

यसअघि कार्कीलाई समिति सदस्य पदम गिरीले न्याय क्षेत्रको सबै समस्या थाहा छ । उच्चस्तरीय न्यायलय समिति तपाईंको नेतृत्वमा बन्यो । तपाईं कामु हुँदा ८ महिनामा  समितिको सुझावमा कति कायम गर्नुभयो ? प्रधानन्यायाधीश बनेपछि न्यायालय सुधार गर्ने के संकल्प छ ? भन्दै प्रश्न गरेका छन् । 

समितिको बैठकमा उपस्थित भएका कार्कीलाई आज  समिति सदस्यहरूले जिज्ञासा राख्ने कार्यसूची छ ।  

सुनुवाइबाट अनुमोदन भए उनी प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् । कार्की अहिले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् । 

बिहीबारको बैठकमा उनले आफ्नो भनाइसहित २० पृष्ठ लामो ‘न्यायालय सुधार कार्ययोजना’ प्रस्तुत गरेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्