site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालले पाकिस्तानलाई हरायो

काठमाडौं । पाकिस्तानलाई हराउँदै नेपालले फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गर्ने सम्भावनालाई कायम राखेको छ ।

माल्दिभ्सको मालेमा बिहीबार सम्पन्न खेलमा नेपालले पाकिस्तानलाई ६६–६२ ले पराजित गरेको हो । प्रतियोगितामा नेपालको यो पहिलो जित हो ।

Argakhachi Cement Island Ad

यसअघि नेपाल पहिलो खेलमा भुटानसँग ६१–५५ ले पराजित भएको थियो । नेपालले अब शनिबार बंगलादेशसँग खेल्ने छ ।

जुन २२ सम्म हुने प्रतियोगितामा नेपालसहित भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  २०:२३
प्रतिक्रिया दिनुहोस्