site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
तीन अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक

काठमाडौं । नबिल बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ’नबिल डिबेन्चर, २०८७’ निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ ।

डिबेन्चर निष्कासनका लागि बैंक सञ्चालक समितिबाट निर्णय भइसकेको र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको बैंकले जनाएको छ । 

मंगलबार बैंकको केन्द्रीय कार्यालयमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

नबिल बैंकले हाल २५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्