site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शीतल निवासले भन्यो– राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य छ

काठमाडौं । शीतल निवासले राष्ट्रपति रामचन्द्र पौडेलको अवस्था सामान्य रहेको जनाएको छ ।

एक विज्ञप्तिमार्फत राष्ट्रपतिको कार्यालयले आज बिहान ८ बजे अस्पतालबाट डिस्चार्ज भएका पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको हो ।

"सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू नियमित स्वास्थ्य परीक्षण, उपचार तथा २४ घण्टा चिकित्सकहरूको अवलोकनपछि आज बिहान ८ बजे सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डिस्चार्ज भई राष्ट्रपति निवास फर्कनुभएको छ । सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था सामान्य छ," विज्ञप्तिमा भनिएको छ । 

मुटु जाँचका लागि राष्ट्रपति पौडेल मंगलबार अस्पताल भर्ना भएका थिए । 

डिस्चार्ज विज्ञप्ति_2080-2-31 (1)1686727637.jpg

 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्