site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अस्थिरता रोक्न मधेस सरकारलाई विश्वासको मत दियौँ : शंकर पोखरेल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरता रोक्न मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएको बताएका छन् ।

एमालेले जेठ १ गते मधेस सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । तर, उसले मंगलबार फेरि मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिएको थियो ।

मधेस प्रदेशमा एमालेले चालेको कदमको आलोचना भइरहेको छ । यसबारे स्पष्टीकरण दिँदै महासचिव पोखरेलले अन्य दलले पनि अस्थिरता रोक्न भूमिका खेल्नुपर्ने बताएका छन् ।

"जसपा नेतृत्वको मधेस प्रदेश सरकारले प्रतिपक्ष दल नेकपा (एमाले) समेतको विश्वासको मत प्राप्त गरेको छ । राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा (एमाले)ले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न अन्य दलहरूले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ," उनले भनेका छन्, "यतिबेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको छ ।"

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्