site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । मुटु जाँचका लागि मंगलबार बिहान गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र भर्ना भएका उनी आज बिहान डिस्चार्ज भएका हुन् । अस्पतालले राष्ट्रपति पौडेलको अवस्था सामान्य रहेको पनि जनाएको छ । 

राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार नियमित जाँचका लागि उनलाई अस्पताल लगिएको थियो । पौडेललाई २४ घण्टासम्म चिकित्सकको निगरानीमा राखिएको थियो । 
qwe1686711997.jpg

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्