site stats
बाह्रखरी :: Baahrakhari
देश
महोत्तरीमा बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । महोत्तरीमा बलात्कारको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

२१ वर्षीया महिलाको बलात्कार गरेको आरोपमा बर्दिबास नगरपालिका–१०, खैरबना बस्दै आएका ४५ वर्षीय सोमबहादुर थिङलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

थिङले स्थानीय जंगलमा ती महिलाको बलात्कार गरेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्