site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा आज वर्षा हुने, तापक्रम २८ देखि ३० डिग्री सेल्सियसम्म रहने
फाइल तस्बिर

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकामा आज वर्षा हुने भएको छ । बिहानैबाट मौसममा बदली आएको काठमाडौंमा दिउँसो वर्षा हुने भएको हो । 

“काठमाडौंमा आज वर्षाको सम्भावना रहेको छ । दिउँसो र राति पनि आज काठमाडौंमा वर्षा हुनेछ,” मौसमविद् रोजन लामिछाने भन्छन्, “काठमाडौंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।” गएराति पनि काठमाडौंमा वर्षा भएको थियो । 

Argakhachi Cement Island Ad

मध्य तथा पश्चिम तराईमा आगामी चौबीस घण्टा उच्च गर्मी हुने

उनका अनुसार आज काठमाडौंमा २८ देखि ३० डिग्री सेल्सियसम्म तापक्रम रहनेछ । 

मध्य तथा पश्चिम तराईमा भने आज पनि उच्च गर्मी हुनेछ । पूर्वी तराईमा भने क्रमशः तापक्रम घट्ने क्रममा रहेको उनले जानकारी दिए । 

औसत मितिअनुसार मनसुन सुरु हुने दिन आज, कहिले प्रवेश गर्छ नेपालमा मनसुन ?

 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्