site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समृद्ध र बलियो मुलुक बनाउन राष्ट्रिय एकता अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्ध र बलियो मुलुक बनाउनका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै प्रधानमन्त्री प्रचण्डले अराजता र अस्थिरता पैदा गर्ने तत्वहरू सक्रिय हुन खोजिरहेको अवस्थामा मुलुकलाई बलियो र समृद्ध बनाउनका लािग राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका हुन् । 

Argakhachi Cement Island Ad

"मेरो नेतृत्वको सरकारको मुख्य ध्यान सुशासनमा छ । नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै नभइ सबै प्रकारको बेतिथि अन्त्य गर्न सरकार अघि बढिरहेको छ," उनले भने । 

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भएका सकारात्मक कुरालाई बंग्याएर भ्रमण सिर्जना गर्न खोजेको बताए । 

मुलुकमा परिवर्तन स्थापित गर्ने शक्तिले नै राष्ट्रलाई एकता गर्न सक्ने र नयाँ योजनाका साथ अघि बढाउन सक्ने भन्ने कुरालाई सावित गर्न नसके देश दुर्घटनामा पर्ने खतरा रहेको उनको भनाइ छ । 

उनले विदेशमा रहेका नेपालीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्धता, विदेशस्थित नेपाली दूतावासहरूमा श्रमिक हेल्प डेस्कको व्यवस्था, अनलाइन माध्यमबाटै श्रम स्वीकृति लिनसक्ने व्यवस्था गर्ने उल्लेख गरे । 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्