site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा किशोरको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–३, हस्पिटल रोडमा भारतीय नम्बरप्लेटको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोही मोटरसाइकलमा पछाडि सवार भारतीय नागरिक १७ वर्षीय दीपक महतोको मृत्यु भएको हो ।

उपचारका क्रममा बर्दिबासस्थित जनसेवा अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Argakhachi Cement Island Ad

घाइते भएका मोटरसाइकल चालक सर्लाहीको ईश्वरपुर नगपालिका–३ मा बस्दै आएका १८ वर्षीय रुपेश साहलाई उपचारका लागि वीरगन्जतर्फ पठाइएको छ ।

आज बिहान करिब १० बजे भारतीय नम्बरप्लेटको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्