site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर कारोबार भइरहेको छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख ११ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बुधबार सो सुन तोलाको एक लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

Argakhachi Cement Island Ad

तेजबी सुन तोलाको एक लाख ११ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्