site stats
बाह्रखरी :: Baahrakhari
देश
आर्या फर्मा ल्याबको न्यून गुणस्तरीय ‘मेट्रोनिडाजोल’ औषधि बिक्रीमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले बारास्थित आर्या फर्मा ल्याबबाट उत्पादित मेट्रोनिडाजोल झोल औषधिको एउटा ब्याचलाई बिक्रीमा रोक लगाएको छ ।

सो कम्पनीद्वारा उत्पादित ब्याच नम्बर एएमएल ८९००४ को अर्मेट्रो सस्पेन्सन मेट्रोनिडाजोल औषधि बिक्री वितरणमा रोक लगाइएको हो ।

विभागले गरेको प्रयोगशाला परीक्षणका क्रममा सो औषधि न्यून गुणस्तरीय पाइएको विभागले जनाएको छ ।

सो ब्याचको औषधि सिफारिस र प्रयोग नगर्न सबैमा अनुरोध गर्दै विभागले बजारमा हाल भएको औषधि फिर्ता गर्न पनि कम्पनीलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्