site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार उक्त सुन तोलाको एक लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

Argakhachi Cement Island Ad

तेजाबी सुन तोलाको एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्