site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
तीव्र गतिले गर्छु भनेर मात्र विकास हुदैन : कार्की

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक रूपमा तीव्र गतिले विकास गर्छु भनेर मात्र विकास हुन नसक्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफलको क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

“आर्थिक रूपमा तीव्र गतिले विकास गर्छु भनेरमात्र हुन सक्दैन । त्यो भाषण हुन्छ, नारा हुन्छ । नारा र भाषणले जनताको समस्या समाधान हुन सक्दैन्,” उनले भने ।

उनले तीव्र गतिमा विकास गर्नको लागि कृषिलाई आत्मनिर्भर गर्नुपर्ने बताए ।

अलैची, अदुवा र चियामा उल्लेख रुपमा विकास भएको भन्दै यसलाई ब्रान्डिङ गरेर उत्पादन, निर्यात बढाउन सकेमा आर्थिक विकासमा टेवा पुग्ने उनले बताए ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्