site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाको विधान अधिवेशन प्रचार उपसमिति गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनलाई सफल बनाउन केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरेको छ ।

जसपाको केन्द्रीय पार्टी कार्यालय बालकुमारी ललितपुरमा सोमबार बसेको पार्टी बैठकले राजनीतिक समिति सदस्य अर्जुन थापाको संयोजकत्वमा १६ सदस्यीय केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको हो ।

Argakhachi Cement Island Ad

जसपाको राजनीतिक समिति सदस्य न्हुच्छेलाल महर्जनलाई समितिको उपसंयोजकको जिम्मेवारी तोकिएको छ । उक्तसमितिको सदस्यमा महेश चौरसिया, सीताराम साह, योगेन्द्रराय यादव, पवन राय, विनोद विश्वकर्मा, सुरेश मण्डल, पासाङ शेर्पा, धनेश्वर साह, अर्जुन लम्साल, दूर्गामणि सुवेदी, ओमकृष्ण श्रेष्ठ, मनिकर कार्की, विश्वासदीप तिगेला, उपेन्द्र साहलाई चयन गरिएको छ ।

जसपा नेपालका प्रवक्ता मनिस सुमन र प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतलाई उपसमितिको आमन्त्रित सदस्यको राखिएको छ ।

आगामी असार १०, ११ र १२ गतेका लागि राजधानीको प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न हुनेगरी जसपाले प्रथम ऐतिहासिक विधान अधिवेशन आह्वान गरेको छ । यसअघिको केन्द्रीय समिति बैठकले उक्त विधान अधिवेशनमा पार्टी सम्बद्ध देशैभरीबाट सहभागी हुने ७७८ जना प्रतिनिधिको चयन गरिसकेको छ ।

पार्टीले अभ्यासमा ल्याएका विभिन्न सांगठनिक संरचनाबारे विधान अधिवेशनले टुंगो लगाउनेछ ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्