site stats
बाह्रखरी :: Baahrakhari
देश
धर्म परिवर्तनका निमित्त जबर्जस्ती गर्नु हुँदैन : मन्त्री आचार्य
फाइल तस्बिर ।

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले जबर्जस्ती धर्म परिवर्तन गर्न नहुने बताएका छन् । सोमबार ललितपुरमा आयोजित ‘लोकतन्त्रमा मानवअधिकार र धर्म तथा आस्थाको स्वतन्त्रता कार्यशाला गोष्ठी’मा उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा धार्मिक स्वतन्त्रता भए पनि कसैलाई धर्म परिवर्तनका निमित्त जबर्जस्ती गर्न नमिल्ने बताए । स्वेच्छाले जुनसुकै धर्म मान्न पाइने संवैधानिक व्यवस्था भए पनि जबर्जस्ती गर्न नहुनेमा उनले जोड दिए ।

“राज्यको कुनै धर्म हुँदैन । सबैले आफ्नो आस्थालाई राख्ने धार्मिक स्वतन्त्रताको लागि राज्य सधैँ गम्भीर छ,” उनले भने, “नेपालमा धार्मिक स्वतन्त्रता छ, तर कसैलाई धर्म परिवर्तनको निमित्त जबर्जस्तीभन्दा पनि स्वेच्छाले जे पनि धर्म मान्न पाइने संवैधानिक व्यवस्था छ, त्यसानुसार विचार गर्नुपर्छ ।

मन्त्री आचार्यले राज्यको कुनै धर्म नहुने बताए ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्