site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
असार ४ भित्र सबै आयोजनाको म्याद थपको निर्णय नभए काम ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

काठमाडौं । निर्माण व्यवसायीहरूले आगामी असार ४ गतेभित्र सबै आयोजनाको म्याद थपको निर्णय नभए निर्माणसम्बन्धी सबै कामहरू ठप्प पारिदिने चेतावनी दिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सबै आयोजनाको म्याद थप असार ४ भित्र नभए आफूहरू निर्माण काम नै ठप्प पारी आन्दोलनमा जान बाध्य हुने बताएको हो । 

महासंघका अध्यक्ष रवि सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा. प्रकाशशरण महतसँगको पटक–पटक छलफलमा यसबारे सहमति भएको तर अझै निर्णय नभएको बताए । 

अध्यक्ष सिंहले निर्माण उद्योग अर्थतन्त्रलाई चलायमान पार्ने उद्योगहरूको पनि उद्योग भएकाले त्यसको माग सम्बोधन गरेर अघि बढन सरकारलाई फेरी पनि खबरदारी गर्नु परेको बताए  ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्