site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
योगेश भट्टराई लेख्छन्, ‘गर्व से कहु, हम नेपाली मधेसी छि’
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले आफ्नो प्राथमिकतामा अब मधेस रहेको  बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत अबको समयमा मधेसलाई प्राथमिकता दिएर अघि बढ्ने बताए ।

आज बसेको एमाले सचिवालयको बैठकले मधेसको जिम्मेवारी दिएपछि उनले अब आफ्नो प्राथमिकतामा मधेस रहेको बताएका हुन् । उनले अब धेरै काममध्ये विशेष काम मधेस पढ्ने, जान्ने र बुझ्ने हुने लेखेका छन् । 

“अब मेरा धेरै काम मध्येको विशेष काम हुनेछ– मधेसलाई सुन्ने, मधेसका सवाल बोल्ने, मधेसलाई पढ्ने, मधेसका बारेमा लेख्ने हुनेछ,” उनले लेखेका छन्, “व्यापक छलफल, अन्तरक्रिया र विमर्श । भेटिने छन् नयाँ नयाँ साथी, अनि कमरेडहरु ।”

उनले मधेसको समस्या बुझिने उल्लेख गरेका छन् । ती समस्या समाधान गरिने भन्दै उनले लेखेका छन्, “गर्व से कहु, हम नेपाली मधेसी छि ।”

 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  २१:२४
प्रतिक्रिया दिनुहोस्