site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख १३ हजार ३००
फाइल तस्बिर ।

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । यस दिन छापावाल सुन तोलाको एक लाख १३ हजार ३०० रुपैयाँ कारोबार भइरहेको छ । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।

Argakhachi Cement Island Ad

यसअघि, बिहीबार (हिजो) छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजबी सुन तोलाको एक लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्