site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नागरिकता प्रमाणीकरणको विषयमा छलफल गर्न रास्वापाले बोलायो सांसद र केन्द्रीय सदस्यहरूको बैठक 
फाइल तस्बिर ।

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको निष्कर्र्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोही विषयमा छलफल गर्न बैठक बोलाएको छ । 

संसद्को चौथौं ठूलो दल रास्वपाले संसदीय दलको र केन्द्रीय समितिको बैठक फरक–फरक समयका लागि बोलाएको हो । 

Argakhachi Cement Island Ad

पार्टी महामन्त्री मुकुल ढकालले दिएको जानकारी अनुसार आज साढे ११ बजेदेखि सांसदहरूको छलफल जारी छ । साढे १२ बजे पश्चात् केन्द्रीय समितिको पनि बैठक बस्ने उनले जानकारी दिए । 

“नागरिकता विधेयकका सवालमा पार्टीका आगामी कार्यदिशाबारे पार्टीका नेताहरू सिंहदरबारमा छलफल बोलाइएको हो,” उनले भने ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्