site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ट्रोलप्रति ओलीको आक्रोश– औँठीसमेत नलगाउनेलाई जिउभरी सुन लगाइदिएछ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पशुपतिको जलहरी प्रकरणमा एमालेप्रति भ्रम छर्न खोजिएको बताएका छन् ।

बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले पशुपतिको जलहरी प्रकरणमा सत्यकुरालाई छोप्न असत्यको भ्रम छर्न खोजिएको बताए ।

Argakhachi Cement Island Ad

“बोक्न नसक्नेगरी सुन लगाएको फोटो बनाएर भ्रम सिर्जना गरिएको छ,” उनले भने, “औँठी लगाउने रुचि समेत नभएको मान्छेलाई जिउभरी सुनैसुनले ढाकिएको फोटो सामाजिक सञ्जालमा ट्रोल गरेर झुटको खेती गरेका छन् ।”

अध्यक्ष ओलीले आफूले आमा बित्दा र एक पटक साथीले दिएको औँठी केही समय लगाएको तर त्यसबाहेक आफूले सुनको औँठी नलगाएको पनि पटकपटक बताए ।

त्यो सत्यलाई बग्यांएर सुनैसुनले ढाकेको आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिनु आपत्तिजनक रहेको उनले बताए । आफूसँग भएको ज्ञान, कला र क्षमताको दूरुपयोग गरेर यस्तो खालको गतिविधि गरिनु मुलुकका लागि दुःखको कुरा भएको पनि अध्यक्ष ओलीले बताए ।

 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्