site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कारोबार खुलेको ११ मिनेटमा २६.१४ अंकले घट्यो नेप्से, लगानीकर्ताको विश्वास कम हुँदै

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज कारोबार खुलेको ११ मिनेटमै २६.१४ अंकले घटेको छ । 

मंगलबार ५३ अंक घटेको बजार बुधबार बजार खुलेको ११ मिनेटमा नै बजार २६ अंकले घटेको छ । उक्त अवधिमा १४ करोड ४० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

उक्त अवधिमा बजारमा लगानीकर्ताले आफूसँग भएको सेयर धमाधम बिक्री गर्न थालेपछि बजारमा बिक्री चाप बढेको हो । उक्त अवधिमा बजार १.३८ प्रतिशत घटेर १८६२.४८ विन्दुमा झरेको छ ।

आगामी आर्थिक वर्ष २०८०÷८१ बजेट आएको भोलिपल्टदेखि नै बजार ओरालो गतिमा छ । 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्