site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेश : बाँकी २६ आन्दोलनकारी रिहा गर्ने सहमति, आमहडताल फिर्ता 
फाइल तस्बिर र

विराटनगर । आन्दोलनको क्रममा आइतबार पक्राउ परेका बाँकी पहिचानवादीलाई रिहा गरिने भएपछि घोषित कोसी प्रदेस बन्दको कार्यक्रम फिर्ता भएको छ । 

जिल्ला प्रशासन कार्यालय मोरङमा आज भएको छलफलमा बाँकी रहेका २६ जनालाई रिहा गर्ने सहमति भएपछि आन्दोलनकारीले बुधबारबाट गर्ने भनेको आमहडताल पनि फिर्ता भएको छ । 

यसबारे प्रशासन र पहिचानवादीका नेताबीच सहमति भएको छ ।

आन्दोलनको क्रममा पक्राउ परेका ८६ जनामध्ये ६० जना यसअघि नै रिहा भएका थिए ।

कोसी नामकरणको विरोधमा पहिचानवादीले आन्दोलन गरिरहेका छन् । आइतबार झडपका क्रममा सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएका थिए ।‌

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्