site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने
फाइल तस्बिर ।

काठमाडौं । सरकारले नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गर्ने घोषणा गरेको छ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, काठमाडौंमा नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने जनाइएको छ ।

आउँदो आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बीपी कोइराला क्यान्सर अस्पताल, जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र, सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर क्यान्सर अस्पतालको आवश्यक पूर्वाधार विकास तथा उपकरणका लागि बजेट व्यवस्था गरिएको बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्