site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने टोलीको टुंगो लाग्यो

काठमाडौं । प्रधानमन्त्रीको भारत भ्रमणका लागि जाने टोलीको टुंगो लागेको छ । 

सोमबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका लागि टोलीको टुंगो लगाएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउदसहित पाँच मन्त्री रहनेछन् ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण यही जेठ १७ देखि २० गतेसम्म हुनेछ ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्