site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तीन ठाउँ इजलास सारेर सुरु भयो ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणका अभियुक्तको बयान
Argakhachi Cement Island Ad

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको बयान सुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा दिउँसो १ बजे बयान सुरु भएको हो । 

१६ अभियुक्तहरुलाई राखेर बयान गर्न ठाउँ अभाव हुँदा तीन ठाउँ इजलास सारेर बयान सुरु भएको हो । सुरुमा २५ नम्बर इजलासमा परेकोमा ठाउँ पर्याप्त नहुने भन्दै सात नम्बर इजलासमा सारिएको थियो । तर, त्यहाँ पनि ठाउँ अभाव भएपछि १० नम्बर इजलासमा सारेर बयान सुरु भएको हो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्