site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएका सबैमाथि अनुसन्धान हुनुपर्छ’
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएका सबैमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ ।

पार्टी कार्यालय तीनकुनेमा बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको अनौपचारिक बैठकले शरणार्थी प्रकरणमा छलफल गर्दै अब हुन सक्ने सम्भावनाका आधारमा नाम आएका सबैमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिएको हो ।

Argakhachi Cement Island Ad

बैठकमा सरकारको नीति तथा कार्यक्रम, आगामी बजेट र प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा पनि छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

त्यस्तै, बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले शुक्रबारदेखि नर्वेमा हुने आफ्नो भ्रमणका बारेमा पनि जानकारी गराएको खतिवडाले बताए । 

अध्यक्ष नेपाल नर्वेमा हुने माउन्ट समिटको प्रमुख अतिथिका रुपमा त्यसतर्फ जान लागेको खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्