site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारलाई सांसद गुरुङको प्रश्न– संघीयता कार्यान्वयनमा के प्रतिबद्धता छ ?
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले सरकारको नीति तथा कार्यक्रममा संघीयता कार्यान्वयनको ठोस प्रतिबद्धता नआएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले संघीयताका विषयमा हचुवा कुरा आएको बताए ।

“संघीयताको कार्यान्वयनमा के प्रतिबद्धता छ ? संघीयताको कार्यान्वयन कसरी हुन्छ ? केबल पाँच प्रतिशत प्रदेश छुट्ट्याएर संघीयताको कार्यान्वयन हुन्छ ?,” उनले सोधे ।

प्रदेशलाई कुल बजेटको ३३ प्रतिशत छुट्ट्याउनुपर्नेमा उनले जोड दिए । संघीय निजामती सेवा ऐन नल्याएको, प्रदेशको दरबन्दी किटान नभएको उनले उल्लेख गरे ।

संघीयताको मूलमर्म प्रदेश सरकार भएको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्