site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अर्थमन्त्री भन्छन्– मुलुकको आवश्यकता सम्बोधन हुने गरी नीति तथा कार्यक्रम आएको छ
फाइल तस्बिर।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आवश्यकतालाई सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको दाबी गरेका छन् । 

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै उनले संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् । कांग्रेस प्रवक्तासमेत रहेका उनले सो नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजानका लागि दिनरात नभनेर सरकारले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । 

कार्यान्वयनका लागि आवश्यक क्षमता बढाउने र इमान्दारिताका साथ त्यसलाई कार्यान्वयनमा लैजान सरकार लागिपर्ने उनको भनाइ थियो ।

“नयाँ भनेर कुनै आविष्कार गर्ने कुरा होइन । मूल कुरा जे आवश्यकता छ देशका लागि, ती कुराहरु सरकारको नीति तथा कार्यक्रममा आएका छन् । मैले फेरि पनि भनेँ– कार्यान्वयन गर्ने हाम्रो क्षमता बढाउनु पर्‍यो । इमान्दार हुनुपर्‍यो,” उनले भने, “रातदिन काम गर्नु पर्‍यो । त्यो काममा हामी लाग्छौँ । त्यसो भएपछि परिणाम आउन थाल्छ । गर्ने कुरा यिनै हुन् । गरिएको कुरा पूरा गर्नुपर्‍यो, गछौँ ।”

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्