site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पुँजी बजारमा गैरआवासीय नेपालीको लगानी खुला गरिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुँजीबजारको विकास र विस्तारको लागि संरचनागत सुधार गर्ने बताएका छन् ।  

शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले आगामी वर्ष गैरआवासीय नेपालीलाई पुँजीबजारमा लागनी गर्ने बाटो खुला गर्ने बताएका हुन् ।  

“पुँजीबजारको विकासका लागि संरचना सुधार गरिनेछ । पुँजी बजारमा गैरआवासीय नेपालीको लगानी खुला गरिने छ,” उनले भने ।

त्यस्तै वैदेशिक रोजगारीमा जाने नेपाली युवालाई उत्पादनमा जोड्ने नीति अबलम्बन गर्ने बताए । 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्