site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आरआरमा अध्ययनरत सयौँ विद्यार्थीको बीए प्रथम वर्षको नतिजामा अनुपस्थित देखाइएको भन्दै सांसदको आपत्ति
फाइल तस्बिर।

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले आरआर क्याम्पसमा अध्ययनरत ५०० भन्दा बढी विद्यार्थीहरुको बीए प्रथम वर्षको नतिजामा अनुपस्थित देखाइएको भन्दै आपत्ति जनाएका छन् । 

सो क्याम्पसका ५०० भन्दा बढी विद्यार्थीहरुको परीक्षाको नतिजामा आन्तरिकतर्फको प्राप्तांकमा अनुपस्थित देखाएर विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गर्न खोजिएको भन्दै सम्बन्धित निकायसँग छानबिन गरी दोषिमाथि कडा कारबाही गर्न पनि उनले सरकारसँग माग गरे । 

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद सापकोटाले ढिलो परीक्षा लिने, ढिलो नतिजा निकाल्ने अनि नतिजामा पनि अनुपस्थित देखाउने काम त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र आरआर क्याम्पस कसले गरेको हो ? छानबिन गरी सत्यतथ्य तत्काल बाहिर ल्याउन पनि सरकारलाई सचेत गराए ।

सांसद सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई कारबाहीको दायरामा ल्याउने काममा केन्द्रित हुन पनि सम्बन्धित सबै निकायलाई अपिल गरे । 
 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्