site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
फरक शैलीमा नेविसंघको दबाब (तस्बिरहरू)

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्न नेविसंघले आइतबार काठमाडौंको घण्टाघर क्षेत्रमा फरक शैलीमा दबाब दिएको छ । 

कैदीको भेषमा ‘न नेता न नाता दोषीलाई कठघरा’ भन्दै नेविसंघ त्रिचन्द्र क्याम्पस एकाइका विद्यार्थीहरू दबाबस्वरुप प्रदर्शनमा उत्रिएका हुन् । पार्टी पदाधिकारीले पूर्वगृहमन्त्री समेत रहेका केन्द्रीय सदस्य खाँणलाई निलम्बनका लागि दबाब दिँदा ‘पक्राउ पर्दैमा अपराधी भन्न नमिल्ने’ जवाफ दिएका सभापति शेरबहादुर देउवामाथि भातृसंगठनले दबाब दिएको हो । प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताले भ्रष्टाचारविरोधी प्लेकार्ड बोकेका थिए ।

तस्बिरहरू हेर्नोस्–

Argakhachi Cement Island Ad

Nebi sanga Birod (4)1684051612.jpg

Nebi sanga Birod (1)1684051610.jpg

Nebi sanga Birod (7)1684051616.jpg

Nebi sanga Birod (6)1684051614.jpg
Nebi sanga Birod (3)1684051612.jpg

Nebi sanga Birod (5)1684051614.jpg

Nebi sanga Birod (8)1684051616.jpg

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १४:१०
प्रतिक्रिया दिनुहोस्