site stats
बाह्रखरी :: Baahrakhari
देश
भक्तपुरमा दुई किशोरी बलात्कार आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । भक्तपुरमा दुई किशोरीको बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् ।

१४ वर्षीया दुई किशोरीको बलात्कार गरेको आरोपमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–२ का २२ वर्षीय कर्मा तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

भक्तपुर नगरपालिका–१०, कमलविनायकस्थित एक होटेलमा ती किशोरीलाई पुर्‍याई विभिन्न प्रलोभनमा पारी शुक्रबार राति बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्