site stats
बाह्रखरी :: Baahrakhari
देश
कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
फाइल तस्बिर

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ । बाँकी भू–भागरुमा मौसम आंशिक बदलीदेखि समान्यतया सफा रहेको छ ।

Argakhachi Cement Island Ad

विभागले आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । 

सुदूरपश्चिम प्रदेशलगायत कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा देशका बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको  सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ०५:३९
प्रतिक्रिया दिनुहोस्