site stats
बाह्रखरी :: Baahrakhari
देश
झापामा बलात्कारको आरोपमा दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । झापामा बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् । दुई छुट्टाछुट्टै घटनामा उनीहरू पक्राउ परेका हुन् ।

१६ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा आइतबार राति प्रहरीले महोत्तरीको बर्दिबास नगरपालिका–५ का २९ वर्षीय कुलबहादुर विकलाई पक्राउ गरेको हो ।

गएको चैत ३० गते कुलबहादुरले ती किशोरीलाई मेचीनगर नगरपालिका–६, काँकडभिट्टा बजारस्थित होटेलमा लगी बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, ४५ वर्षीया महिलाको बलात्कार गरेको आरोपमा शिवसताक्षी नगरपालिका–३, भोटेपुल का ६३ वर्षीय बलराम कामीलाई आइतबार साँझ पक्राउ गरिएको छ ।

बलरामले ती महिलाको बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्