site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नबिल बैंकका सीईओ ढुंगाना ‘प्रवल जनसेवा श्री’बाट सम्मानित

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना ‘प्रवल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन् । ढुंगानालाई लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रवल जनसेवा श्री’ सम्मान पुरस्कार प्रदान गरेका हुन् ।

बैकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव सँगालेका ढुंथाना नेपाल बंगलादेश बैंकमा १० वर्ष सीईओ भएर काम गरेका थिए ।

त्यसअघि उनी नेपाल क्रेडिट एन्ड कमर्स बैंकका महाप्रबन्धक थिए । राष्ट्र बैंकको निर्देशक पद छाडेर ढुंगाना निजी बैंकमा काम गर्न आएका थिए ।

भारतको चार्टर्ड एकाउन्टेन्सी गरेका उनले अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  २०:३२
प्रतिक्रिया दिनुहोस्